विश्वको प्रतिष्ठित फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याबमा नेपाली चलचित्र ‘होरी’ समावेश भएको छ।
दक्षिण एशियाबाट भारतको एक चलचित्र र नेपालको ‘होरी’ छानिएको हो।
काेराेना महामारीका बेला भौतिक रुपमा ल्याब सञ्चालन गर्ने अवस्था नभए पछि ‘टोरिनो फिल्म ल्याब’ले अनलाइन ल्याब संचालन गर्ने घोषणा गरेको थियो।
यसै महिना सेप्टेम्बर १४ बाट सञ्चालन हुने ल्याबमा विश्वभरीबाट १२ चलचित्र प्रोजेक्ट छानिएका छन्।
अरुणदेव जोशीको निर्देशन र पटकथामा बन्न लागेको होरी चलचित्रमा माओवादी द्वन्द्वको समयको कथामा आधारित छ।
चलचित्र मुख्य डोटेली भाषामा रहने र सुदूर पश्चिमको दार्चुलामा छायांकन गरिने निर्माता सरोज शर्मा सापकोटा बताए।
निर्माता सापटकोका अनुसार चलचित्रको नाम ‘होरी’ डोटेली भाषाबाटै लिइएको हो। होली पर्वलाई डोटेली भाषामा ‘होरी’ भनिन्छ।
‘होरी’ चलचित्र यस अघि पनि युरोपियन फिल्म डेभलप्मेन्ट ल्याब ‘लिम’ मा सहभागी भइसकेको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया