बिएल संवाददाता
टीभीएस बाइकको औपचारिक रुपमा नेपालमै एसेम्बल प्रारम्भ भएको छ । बुधबार देखि नेपालमा व्यावसायिक रुपमा यसको प्रारम्भ भएको र पहिलो चरणमा अपाचे १६० सिरिजको बाइक एसेम्बल गरिने नेपालमा टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।
व्यावसायिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले हाल नेपालमा टीभीएस बाइक तथा स्कुटर बिक्री–वितरण गरिरहेको छ । दुई महिनाको परीक्षण उत्पादन पछि अब यसको व्यावसायिक उत्पादन प्रारम्भ गरिएको शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले बताएका छन्।
कम्पनीले एक वर्षभित्रमा टीभीएसको मोटरसाइकल र स्कुटर र तीन पाङ्ग्रे रिक्साको एसेम्बल समेत यही गर्नेछ । कम्पनीको बाराको सिमरामा टीभीएसको एसेम्बल हुन्छ । यसका लागि अहिलेसम्म करिब १ अर्ब रुपैयाँको लगानी भएको छ ।
कम्पनीमा वर्षमा १ लाख मोटरसाइकल तथा स्कुटर तथा २० हजार तीन पाङ्ग्रे रिक्साको उत्पादन गर्ने लक्ष्य राखेको छ ।
अहिले एसेम्बल उद्योगमा एक सयजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आउने दिनमा ५ सय जनाले प्रत्यक्ष रोजगारी एसेम्बल उद्योगले दिनेछ ।
एसेम्बल उद्योग प्रारम्भ भए पनि नेपालमा बाइकको मूल्यमा भने खासै फरक पर्ने छैन । एसेम्बल पहिलो चरण भएको र भविष्यमा पार्टपुर्जा र अन्य उद्योगहरु समेत खुलेमा उपभोक्तालाई फाइदा पुग्ने छ ।
यो भन्दा पहिले बजाज बाइक समेत नेपालमै एसेम्बल हुँदै आएका छन् । यो भन्दा पहिले चिनियाँ कम्पनी अन्ना लिफानले समेत एसेम्बल गरेर बाइक बिक्री थालेको थियो । तर प्रतिस्पर्धामा टिक्न नसकेर सो बाइक नै अहिले उत्पादन हुन बन्द भएको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया