महामारीमा मजदुरको पीडा : ‘भोकबाट बचे पो कोरोनाको डर, भोकैले मरे के को रोग’

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

काइला मगरको दैनिकी अचेल रत्नपार्क, कालीमाटी क्षेत्रमा बित्छ। एक दशकदेखि रिक्सा चलाएर श्रीमती र दुई स-साना छोराछोरीको जीविकोपार्जन गर्दै आएका उनी यतिबेला भने आफ्नै पेट पाल्न खाना खोज्न भौतिरहेका हुन्छन्।

मानसिक सन्तुलन गुमाएकी श्रीमती र स-साना छोराछोरी बोकेर बिहान र बेलुका दुई छाक खाना खानका लागि उनी लगनबाट रत्नपार्क पुग्छन्। लकडाउनपछि केही समय रिक्सा थन्काएर त्यक्तिकै कोठामै बसे।

काभ्रे स्थायी घर भएका उनी काठमाडौंको लगनमा मासिक ४५ सय कोठा भाडा तिरेर बस्छन्। कोठा भाडा तिर्न नसकेपछि घरबेटीले उनलाई निस्कन उर्दी नै जारी गरेको थिए। तर, विभिन्न संघ संस्थाले उनको घरभाड तिरिदिए। जसले गर्दा झोला झिम्टी बोकेर हिड्नुपर्ने अवस्था आएन्।

प्रकाशित मिति: : 2020-09-09 08:34:52

प्रतिकृया दिनुहोस्