बिएल संवाददाता
बालरोग विज्ञ डाक्टर धर्मागत भट्टराई पेडीयाट्रिक इम्युनोलोजिस्ट एवं र्यूमाटोलोजिस्ट हुन्।
उनी नेपालमा ‘पेडीयाट्रिक क्लिनिकल इम्यूनोलोजी एवं र्यूमाटोलोजी’ विषयमा डी.एम. (DOCTORATE OF MEDICINE) गर्ने पहिलो विशेषज्ञ डाक्टर हुन्।
चितवनको प्रारम्भिक पढाईदेखि नै उत्कृष्ट रहेका डा. भट्टराईले छात्रवृत्तिमा कलकत्ताको आर.जी.आर मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन्।
उनले भारतको प्रख्यात उच्च चिकित्साशास्त्र अध्ययन संस्थान ‘पीजीआई चण्डीगढ़’ बाट बाल विज्ञान (पेडीयाट्रिक्स) विषयमा ‘एम.डी.’ र बाल रोगप्रतिरक्षा तथा संधिवातीय शास्त्र (पेडीयाट्रिक क्लिनिकल इम्युनोलोजी एवं रयुमाटोलोजी) विषयमा ‘डी.एम.’ (डाक्टरेट अफ मेडिसिन) अध्ययन पूरा गरेका हुन्।
डा. भट्टराई पेडीयाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्यूमाटोलोजी’ विषयमा ‘डी. एम.’ डिग्री हाशिल गर्ने पहिलो नेपाली हुन्।
भारतलगायत दक्षिण एसियाली देशमध्ये पेडीयाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्यूमाटोलोजी’ विषयमा ‘डी. एम.’ (DOCTORATE OF MEDICINE) अध्यापन गराइने ‘पीजीआई चण्डीगढ़’ एक मात्र संस्थान हो।
क्लिनिकल इम्युनोलोजी एवं र्यूमाटोलोजी संसारमा अहिले उदाउँदो विषय हो। यसबारे पछिल्लो २ दशकमा पश्चिमीा देश (अमेरिका र युरोप) मा व्हात्तै विकास भए पनि नेपालजस्ता विकासोन्मुख देशमा यसबारे सचेतना शून्य प्राय: छ।
पर्याप्त संशाधन, र दक्ष विज्ञको अभावले चिकित्सा विज्ञानको यो पाटो नेपालमा ओझेलको ओझेल नै परेको छ। यस्तो बेला चिकित्साशास्त्रको यो विषय पढेर फर्किएका डा भट्टराई सरकार र सामुदायिक प्रयासमा नेपालमै यस्ता रोगबारे सचेतना, रोग निदान र उपचार उपलब्ध गराउन सकिने बताउँछन्।
क्लिनिकल इम्युनोलोजी हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीबारेको शास्त्र हो। रोग क्षमता शक्तिको विकास, यसमा आउने कमी, गडबडी र नियन्त्रणहिनता आदिले निम्त्याउने सम्पूर्ण बिरामीहरू, तिनको निदान, एवं उपचार यसमा समेटिन्छन्।
यसमा इम्यूनिटी (रोग प्रतिरक्षा) को विकास क्रम, यसको प्रबर्द्धन, स्वास्थ्य इम्यूनीटी अवस्था, यसको टेवा पुर्याउने पद्धति, एलर्जी, हाईपरसेन्सिटिभिटी, जन्मजात (बंशाणूगत) या जन्मपश्चात हुने इम्युनोडेफिसियान्सी (प्रतिरक्षा कमी) रोगहरू, प्रतिरक्षा गडबडी (इम्युन-डीसरेगुलेशन) का रोगहरू, एचआईभी एड्स् (HIV/ AIDS) आदि पर्छन्।
निदानका निम्ति जरूरी हुने सम्पूर्ण पद्धति तथा सामान्य उपचारदेखि उच्च विधि जस्तै बोनम्यारो ट्रान्सप्लान्ट उपचार विधिहरू पनि यसैभित्र पर्छन्।
नेपालमा जनमानसमा इम्यूनिटी बारे ठूलो चासो भए पनि पेडीयाट्रीक क्लिनिकल इम्यूनोलोजीस्टको अभावमा त्यस्ता संक्रमण, इम्युन-डीसरेगुलेशन, इम्यून कमी, एलर्जी, हाईपरसेन्सिटिभीटी आदि हुनुपर्ने जति निदान हुन नसकेको, र इम्युनिटीसम्बन्धि बिरामीमा उपयुर्क्त सामान्य उपचार बिधिदेखि बोन-म्यारो ट्रान्सप्लान्ट उपचारबिधि विकास हुन पाएको छैन।
इम्युनिटीसम्बन्धि बिरामी, बारम्बार संक्रमणदेखि दिर्घजटिल रोगको जरैसम्म निदान गरी उपचार गर्नलाई डा. भट्टराईको विज्ञताले अब हाम्रै देशमा सम्भव बनाएको छ।
पेडीयाट्रीक र्युमाटोलोजी (बाल संधिवातीय शास्त्र) यसै इम्युन-डीसरेगुलेशनले गर्दा उब्जिने थुप्रै शारीरिक प्रणाली तथा तिनमा निहित अङ्गहरुको बिरामीको विज्ञान हो।
वयस्क-बृद्धमा जस्तै बालबालिका र किशोरमा पनि बाथरोग हुनसक्छ। यसलाई जुवेनाइल इडियोप्याथिक अर्थ्राइटिस् (JIA) भनिन्छ। यो बाहेक अटोइम्यून बिरामी (Autoimmune disorders), ठूला-साना रक्तनलीका ईनफ्लामेसन (भास्कुलाईटिस् vasculitis), अटो-ईनफ्लामेटरी (auto-inflammatory) रोगहरू, चक्रिय दिर्घ-ज्वर (Periodic fever syndromes), थुप्रै दिर्घ आंगिक बिमारीहरू, गाँठागुँठीका रोगहरू, जटिल दिर्घरोगहरु यस विज्ञान अन्तर्गत पर्छन्।
नेपालमा पेडीयाट्रीक र्युमाटोलोजी विषयमा अलग्गै डाक्टरेट गरेका विज्ञको आगमनले यस्ता तमाम पेडियाट्रीक बिमारीहरु उचित निदान, उपचार र फलो-अपबाट लाभान्वित हुन सक्नेछन्। डा. भट्टराईको विज्ञताले गर्दा आगामी दिनमा भारतका उच्च चिकित्सा संस्थान जान बाध्य बिमारीलाई हाम्रै देशमा हाम्रै विज्ञबाट उपचार र फलोअप गर्न पाउने वातावरण बन्नेछ।
विकसित देशमा धेरै अघि बढिसकेको चिकित्सा विज्ञानको यो क्षेत्र ‘पेडीयाट्रिक क्लिनिकल इम्यूनोलोजी एवं र्यूमाटोलोजी’ विषयमा उच्च शिक्षा ‘डी. एम.’ सम्पन्न गरेर फर्किएका डा भट्टराईबाट देशमा इम्युनीटी र संधिवातीय बिज्ञानबारे सचेतना फैलाउने, उपचार गर्ने मात्र होइन यसबारे अब नेपालमै यो चिकित्सा पद्धती विज्ञानलाई अझै विकसित गरेर यहीँ अरू इम्यूनोलोजीस्ट जनशक्ति उत्पादन गर्ने कार्यले पनि मूर्त रूप लिन सक्छ।
यीनै विषयमा भर्खरै डाक्टरेट अफ मेडिसिन (D.M.) उपाधि लिई फर्किएका नेपालका प्रथम पेडीयाट्रिक इम्यूनोलोजिस्ट एवं र्यूमाटोलोजिस्ट डा. भट्टराईसँगको गरेको संवादको सम्पादीत अंश हामीले प्रस्तुत गरेका छौ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया