बिएल संवाददाता
माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सका बुवाको निधन भएको छ।
अमेरिकी अखबार सिएनएनका अनुसार उनको ९४ वर्षको उमेरमा गत सोमबार निधन भएको हो।
बिल गेट्स सिनियर भनेर चिनिने उनको खास नाम विलियम हेनरी गेट्स द्वितीय हो।
उनको निधनबारे गेट्स परिवारले विज्ञप्ति जारी गरी जानकारी दिएको थियो। विज्ञप्तिमा भनिएको छ, ‘बिल गेट्स सिनियर अल्जाइमर्स रोगबाट ग्रसित हुनुहुन्थ्यो र लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो। उहाँको सिएटलस्थित आफ्नै घरमा शान्तसँग निधन भएको छ।’
बिल गेट्स सिनियर चर्चित वकिल तथा सेना समेत हुन्।
आफ्ना बुवाको मृत्युबारे जानकारी दिँदै बिल गेट्सले भनेका छन्, ‘मेरा बुवा असली बिल गेट्स हुनुहुन्थ्यो। म सधैं उहाँजस्तै बन्न चाहन्थेँ। मलाई हरेक दिन उहाँको याद आउनेछ।’
बिल गेट्सका अनुसार बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन यो अवस्थामा ल्याइपुर्याउन उनले ठूलो भूमिका खेलेका थिए। बिल गेट्स सिनियरले फाउन्डेसनमा सह-अध्यक्षका रूपमा कार्यभार सम्हालेका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया