बिएल संवाददाता
माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सका बुवाको निधन भएको छ।
अमेरिकी अखबार सिएनएनका अनुसार उनको ९४ वर्षको उमेरमा गत सोमबार निधन भएको हो।
बिल गेट्स सिनियर भनेर चिनिने उनको खास नाम विलियम हेनरी गेट्स द्वितीय हो।
उनको निधनबारे गेट्स परिवारले विज्ञप्ति जारी गरी जानकारी दिएको थियो। विज्ञप्तिमा भनिएको छ, ‘बिल गेट्स सिनियर अल्जाइमर्स रोगबाट ग्रसित हुनुहुन्थ्यो र लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो। उहाँको सिएटलस्थित आफ्नै घरमा शान्तसँग निधन भएको छ।’
बिल गेट्स सिनियर चर्चित वकिल तथा सेना समेत हुन्।
आफ्ना बुवाको मृत्युबारे जानकारी दिँदै बिल गेट्सले भनेका छन्, ‘मेरा बुवा असली बिल गेट्स हुनुहुन्थ्यो। म सधैं उहाँजस्तै बन्न चाहन्थेँ। मलाई हरेक दिन उहाँको याद आउनेछ।’
बिल गेट्सका अनुसार बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन यो अवस्थामा ल्याइपुर्याउन उनले ठूलो भूमिका खेलेका थिए। बिल गेट्स सिनियरले फाउन्डेसनमा सह-अध्यक्षका रूपमा कार्यभार सम्हालेका थिए।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया