मङ्गलबार, १६ सेप्टेम्बर २०२५

कोरोना भ्याक्सिन वर्षको अन्त्यसम्ममा आउने, अमेरिकी जनतालाई निःशुल्क वितरण

संजोग आचार्य

संजोग आचार्य

न्युयोर्क
News Image
• • •

अमेरिकी सरकारले कोरोना भ्याक्सिनको खोप आफ्नो जनतालाई निःशुल्क उपलब्ध गराउने भएको छ। सरकारले बुधबार कोरोना भ्याक्सिनको खोप निःशुल्क वितरण गर्ने कानुनलाई कंग्रेस (संसद) मा प्रस्तुत गर्‍याे। 

अन्य राज्यलाई बुकलेटमार्फत जानकारी गराइएको अमेरिकाबाट प्रकासित पत्रपत्रिकामा उल्लेख छ। भ्याक्सिनको खोप लगाउने अभियानमा स्वास्थ्य विभागका कर्मचारी तथा रक्षा विभागले योजना बनाइरहेको पनि पत्र–पत्रिकाले बताएका छन्।  

यो वर्षको अन्त्य वा अघिल्लो वर्षको पहिलो महिना अर्थात जनवरीमा निःशुल्क खोपको अभियान सुरु गर्ने तयारी सरकारको छ। भ्याक्सिनको वितरण गर्ने काम स्वयम पेन्टागनले गर्नेछ र खोप दिने काममा स्वास्थ्य मन्त्रालयका कर्मचारी खटिने छन्। 

अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा कोरोनालाई लिएर ठूलो राजनीति भएको थियो। विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले अमेरिकामा फैलिएको कोरोनालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घेर्ने प्रयास गरिरहेका छन्। तर, सरकारको यो योजना वाइडेनलाई दह्रो जवाफ भएको आकंलन गरिएको छ। 

बुधबार व्हाइट हाउसमा निकै उत्साही देखिएका ट्रम्पले पत्रकार सम्मलेनमा भने, ‘हामी भ्याक्सिन तयारीको अन्तिम चरणमा छौं, यो सबैलाई थाहा भएको विषय हो। हाम्रो विचारमा अक्टुबरसम्म सबै कुरा टुँगो लाग्नेछ।’

उनले वर्षको अन्त्यसम्म १० करोड भ्याक्सिनको खोप तयार हुने दावी गरें। ‘मलाई लाग्दैन अक्टुबर र नोभेम्बरभन्दा टाढा जादैन,’ उनले आश्वस्त तुल्याउन चाहेका छन्। 

अमेरिकाको चुनावलाई हेरेर यसअघि नै राष्ट्रपति ट्रम्पले कोरोना भ्याक्सिनको घोषणा गर्ने सम्भावना रहेको थियो। 

अमेरिकामा हाल कोरोनाका कारण ६८ लाख मानिस संक्रमित भएका छन्। जसमा २ लाखभन्दा बढीको निधन भइसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!