
महेश नेपाली
चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक सत्याग्रह बसेका डा.गोविन्द स्वास्थ्यमा विस्तारै समस्या आउन थालेको छ।
सत्याग्रहको चाैथाे दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टर प्रविण कुमार गिरीको टोलीले स्वास्थ्य चेकजाँच गरेको छ।
'हाल स्वास्थ्यमा कुनै जटिल समस्या छैन। अवस्था स्टेबल नै छ,' गिरीले भने, 'तर पनि उहाँ सुगरका बिरामी भएकाले नियमित चेकजाँचको खाँचो पर्छ।'
उनका अनुसार डा. केसीको मुटुको धड्कन भने बढ्दै गएको छ।
मुटुको धड्कन, रक्तचाप निरन्तर बढ्दै गएको अवस्थामा सुगरको औषधी सेवा गर्नुपर्ने हुन्छ। तर डा. केसीले चिनीको मात्रा समेत जाँच गर्न मानेका छैनन्।
शरीरमा पानीको मात्रा कम हुँदै जाँदा रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्ने समस्या हुन्छ। त्यसका लागि अनिवार्य सलाईन पानी दिनुपर्छ। तर अनसनरत डा. केसीले सलाइन पानी समेत लिन नमानेको उपचारमा खटिएका डा. गिरीको भनाइ छ।
भदौ २९ गतेदेखि चन्दननाथ नगरपालिकाको रानीचौर स्थित बाबिरा मन्दिरको धर्मशालामा सत्याग्रह बसेका केसीले बरु सासै गए पनि आफ्ना माग पूरा नभएसम्म अनसन नतोड्ने बताएका छन्।
डा. केसीका जायज मागलाई वेवास्था गर्नु सत्ता द्वारा आम नागरिकको भविष्यमाथि खेल्नु भएको युवा अभियानता महेन्द्र कार्कीले बताए।
डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया