चीनसँग कूटनीतिक पहल नहुँदा केरुङमै अड्कियो १२ सय कन्टेनर सामान

काठमाडौं : नेपालमा कोरोना संक्रमण दर बढेको भन्दै चीन सरकारले रसुवाको उत्तरी नाका केरुङबाट भित्रिने सामान ल्याउन अनुमति दिएको छैन। गत वर्षको मङ्सिरदेखि उत्तरी नाकामा नेपाली व्यवसायीको सामान अलपत्र परेका छन्।  छालाका झोला निर्माण गर्ने कच्चा सामग्री, जुत्ताका सामग्री, लत्ता कपडा, र विद्युतीय इलेक्ट्रोनिक्स जस्ता सामग्री आयात हुन पाएका छैनन्। नेपाल सरकारले कूटनीतिक  कदम चाल्न नसक्दा चीन तर्फबाट  तत्काल सामान आउन नसक्ने जस्तै भएको छ। चीनतर्फ रहेका सामान लिन जानलाई नेपाली मालवाहक सवारीसाधनलाई प्रवेशमा रोक लगाएको छ। केही साता अघि सामान लोड -अनलोड गर्ने नेपाली कामदारमा कोरोना देखिए पछि पूर्ण रुपमा लगाइएको छ। चीनमा कोरोना देखिएपछि सुरुवाती को चरणमा नेपाल सरकारले सामान आयातमा रोक लगाएको थियो। यता कोरोना संक्रमणको दर बढदै गर्दा चीन सरकारले सामान निर्यातमा रोक लगाएको छ। केही समय स्थानीय सरकारले  रोक लगाएका थिए। चीनबाट आइरहेका सामान रोकपनि पछिल्लो समयमा आयात गर्न खोज्दा कोरोना कारण अवरोध गरिएको हो।
 

प्रकाशित मिति: : 2020-09-18 15:31:28

प्रतिकृया दिनुहोस्