बिएल संवाददाता
स्पेनिस मिडफिल्डर थियागो अलकान्टारा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलमा अनुबन्धित भएका छन्।
जर्मन च्याम्पियन वायर्न म्युनिखमा आवद्द थियागोलाई लिभरपुलले २० मिलियन पाउन्डमा अनुब्धित गरेको हो। थप बोनससहित यो रकम २५ मिलियन पाउन्ड पुग्नसक्ने छ। उनीसँग कल्बलले चार वर्षको सम्झौता गरेको छ।
![]()
लिभरपुलले गत जुलाईदेखि नै थियागोलाई अनुबन्ध गर्ने योजना बनाएको थियो। लिभरपुलमा आउने चर्चासँगै २९ वर्षीय थियागोले वायर्नमा सम्झौता नविकरण नगर्ने निर्णय लिएका थिए।
हाल इंग्लिस क्लब म्यानेचस्टर सिटीका तथा क्याटलान क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक पेप ग्वार्डिओलाले थियागोलाई वायर्नमा सन् २०१३ मा बार्सिलोनाबाट अनुबन्ध गरेको थिए।
![]()
वायर्न म्युनिखले यो सिजन च्याम्पियन्स लिगको उपाधिसहित ट्रेबल जित्दा उनी टोलीका महत्त्वपुर्ण सदस्य रहेका थिए।
वायर्नमा उनको सम्झौता अझै एक वर्ष बाँकी थियो। लिभरपुलमा थियागोले आफ्नो रोजाईको जर्सी नम्वर ६ नै लगाउने पक्का भएको क्लबले जनाएको छ।
![]()
बार्सिलोनाबाट व्यवसायिक खेल करियर शुरु गरेका थियागोले वायर्नबाट २३५ खेलमा ३१ गोल गरेका छन्।
उनले ७ बुन्डेसलिगा, चार डिएफवी पोकल, तीन सुपर कप र समान एकपटक फिफा क्लब वल्डकप र युइएफए च्याम्पियन्स लिग जितेका छन्।
![]()
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया