बिएल संवाददाता
स्पेनिस मिडफिल्डर थियागो अलकान्टारा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलमा अनुबन्धित भएका छन्।
जर्मन च्याम्पियन वायर्न म्युनिखमा आवद्द थियागोलाई लिभरपुलले २० मिलियन पाउन्डमा अनुब्धित गरेको हो। थप बोनससहित यो रकम २५ मिलियन पाउन्ड पुग्नसक्ने छ। उनीसँग कल्बलले चार वर्षको सम्झौता गरेको छ।
![]()
लिभरपुलले गत जुलाईदेखि नै थियागोलाई अनुबन्ध गर्ने योजना बनाएको थियो। लिभरपुलमा आउने चर्चासँगै २९ वर्षीय थियागोले वायर्नमा सम्झौता नविकरण नगर्ने निर्णय लिएका थिए।
हाल इंग्लिस क्लब म्यानेचस्टर सिटीका तथा क्याटलान क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक पेप ग्वार्डिओलाले थियागोलाई वायर्नमा सन् २०१३ मा बार्सिलोनाबाट अनुबन्ध गरेको थिए।
![]()
वायर्न म्युनिखले यो सिजन च्याम्पियन्स लिगको उपाधिसहित ट्रेबल जित्दा उनी टोलीका महत्त्वपुर्ण सदस्य रहेका थिए।
वायर्नमा उनको सम्झौता अझै एक वर्ष बाँकी थियो। लिभरपुलमा थियागोले आफ्नो रोजाईको जर्सी नम्वर ६ नै लगाउने पक्का भएको क्लबले जनाएको छ।
![]()
बार्सिलोनाबाट व्यवसायिक खेल करियर शुरु गरेका थियागोले वायर्नबाट २३५ खेलमा ३१ गोल गरेका छन्।
उनले ७ बुन्डेसलिगा, चार डिएफवी पोकल, तीन सुपर कप र समान एकपटक फिफा क्लब वल्डकप र युइएफए च्याम्पियन्स लिग जितेका छन्।
![]()
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया