बेल पुरानो क्लब टोटनह्यामको मैदानमा फर्किए

रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल आफ्नो पुरानो क्लब टोटनह्यामको प्रशिक्षण मैदानमा आएका छन्।

कल्बले बेललाई फर्काउ स्पेनिस ला लिगा क्लब रियल मड्रिडसँग वार्ता जारी राखेको अवस्थामा उनी शुक्रबार टोटनह्यामको मैदान पुगेका हुन्।

३१ बर्षका बेल सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा टोटेनह्याम छाडेर मड्रिड गएका थिए। 

तर, सुरुवाती सिजनमा मड्रिडमा देखिएका बेल पछिल्लो समय करियरको कठिन अवस्थामा छन्। 

प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध र उतार चढावमा देखिएको लयले उनलाई मड्रिडमा पछिल्लो सिजन असफल बनाएको छ।

सन् २०१९–२० को सिजन पुनः सुरु भएपछि उनले १ खेल मात्रै खेल्न पाएका थिए। 

उनले मड्रिडबाट १०० भन्दा धेरै गोल गरेका छन् र चारपटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन्।

बेलका एजेन्ट जोनथन बार्नेटले बेलका सम्बन्धमा भइरहेको वार्ता सकारात्मक दिशामा रहेको बताएका छन्।

उनका अनुसार दुई क्लबबीच बेलका सम्बन्धमा भएको वार्ताले सकारात्म रुप लिएको छ।

प्रकाशित मिति: : 2020-09-19 06:48:35

प्रतिकृया दिनुहोस्