बिएल संवाददाता
जुम्लामा अनशनरत प्राध्यापक डा गोविन्द केसीसँग सरकारले संवादको कुनै पहल नगरेको भन्दै कांग्रेसले ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन गर्न’ माग गरेको छ।
२०७५ साउन १० गते प्रधानमन्त्री केपी ओलीको अग्रसरतामा डा केसीसँग भएको सम्झौता उल्लंघन गरेको नजिक नदोहोर्याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन गर्न’ कांग्रेसले सरकारसँग माग गरेको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘ सरकारले डा गोविन्द केसीसँग संवादको कुनै पहल नगरेको विषयमा पार्टीले गम्भीरतापूर्वक लिएको छ। उनको जीवन रक्षा गर्दै जायज माग पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णाली प्रदेश सरकारसँग माग राख्छौं।’
कर्णालीको विकास र समग्र समृद्धिका लागि घनिभूत आवाज उठ्नु स्वाभाविक र जरुरी रहेको भन्दै कांग्रेसले सरकारलाई केसीसँग संवाद थाल्न माग गरेको हो।
भदौ २९ गतेदेखि डा केसी चन्दननाथ नगरपालिकाको रानीचौरस्थित बाबिरा मन्दिरको धर्मशालामा सत्याग्रह बसेका छन्। उनले आफ्ना माग पूरा नभएसम्म अनसन नतोड्ने बताएका छन्।
उनमा कमजोरी, चक्कर लाग्ने, मुटुको चाल बढ्दै जाने, मांसपेशी बाउडिने, छात्ति दुखेर सास फेर्न गाह्रो हुन् र पिसावको मात्रामा कमिको समस्या आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा प्रविण कुमार गिरीले बताए।
उनका अनुसार स्वास्थ्य अवस्था बिग्रदै गएपनि डा केसीले चेकजाँच गराएका छैनन्।
‘मुटुको धड्कन, रक्तचाप निरन्तर बढ्दै गएको अवस्थामा सुगरको औषधी सेवा गर्नुपर्ने हुन्छ,’ उनले भने,’ तर उहाँले चिनीको मात्रा समेत जाँच गर्न मान्नु भएको छैन।’
शरीरमा पानीको मात्रा कम हुँदै जाँदा रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्ने समस्या हुन्छ। त्यसका लागि अनिवार्य सलाईन पानी दिनुपर्छ। तर अनसनरत डा केसीले सलाइन पानी समेत लिन नमानेको उपचारमा खटिएका डा गिरीको भनाइ छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया