सोमबार, ०५ अक्टोबर २०२६

कांग्रेस उपसभापतिमा जीवन परियारको उम्मेदवारी घोषणा

News Image
• • •

नेपाली कांग्रेसका नेता जीवन परियारले जारी १५औं महाधिवेशनमा उपसभापतिको उम्मेदवारी घोषणा गरेका छन्।

परियार गत महाधिवेशनमा दलित क्लष्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए। हाल केन्द्रीय सदस्य रहेका उनले सामाजिक सञ्जालमार्फत उपसभापतिको उम्मेदवारीको घोषणा गरेका हुन्।

कांग्रेसले विधान संशोधनमार्फत एक जना वरिष्ठ उपसभापति, एकजना महिलासहित थप दुई गरी चार जना उपसभापतिको व्यवस्था गरेको छ। उपसभापति पुष्पा भुसाल नेतृत्वको ‘इलेक्सन ब्यूरो’ मा परियार उपप्रमुख छन्।

वर्तमान उपसभापति पुष्पा भुसालसहित भीष्मराज आङ्देम्बे, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, दीपक गिरी, लगायतले उपसभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!