बिएल संवाददाता
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । सिमरा घर भई ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव आज बिहान ११ वजे अस्पताल नजिक हुँदै बगेको नहरमा भेटिएको थियो । शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटनाको छानविन गर्न माग गरेका छन्।
यसैबीच करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका वडा नं ८ घर भइ भरतपुर महानगरपालिका ३ मा रहेको त्रिशक्ति कंक्रिट एण्ड ब्लक उद्योगमा कार्यरत २७ वर्षीय प्रेम राना रहेको प्रहरीले जनाएको छ ।
उद्योगमा रहेका तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्य थापाले जानकारी दिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया