बिएल संवाददाता
नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी काँग्रेसको भएको बताएका छन्। गणेशमान सिंह अध्ययन प्रतिष्ठानले संविधान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘संविधान, लोकतान्त्रिक पद्धति र सरकारको कार्यशैली’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मा काँग्रेसको भएको बताए ।
पूर्वमन्त्रीसमेत रहेका नेता जोशीले सरकारले संविधानको मर्म र भावनाविपरीत काम गरेको आरोप समेत लगाए । नेका केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको निशर्त पालना गर्नमा सरकार चुकेको बताइन् । “वर्तमान सरकार संविधानलाई कमजोर पारेर आफू अनुकुल केन्द्रीकृत शासन प्रणालीतर्फ उन्मुख भएको छ,”उनले भने।
राजनीतिक विश्लेषक लोकराज बराल, पत्रकार प्रतीक प्रधान, नेका पर्साका सभापति अजय द्धिवेदीलगायतले बहुमतका आधारमा सरकारले विधेयकलाई पारित गर्दै गएर संविधानको उपहास गर्न खोजेको बताएका थिए । उनीहरुले संविधानलाई सर्वस्वीकार्य बनाउँदै अगाडि बढ्नुपर्ने धारणासमेत राखे । रासस
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया