बिएल संवाददाता
नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी काँग्रेसको भएको बताएका छन्। गणेशमान सिंह अध्ययन प्रतिष्ठानले संविधान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘संविधान, लोकतान्त्रिक पद्धति र सरकारको कार्यशैली’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मा काँग्रेसको भएको बताए ।
पूर्वमन्त्रीसमेत रहेका नेता जोशीले सरकारले संविधानको मर्म र भावनाविपरीत काम गरेको आरोप समेत लगाए । नेका केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको निशर्त पालना गर्नमा सरकार चुकेको बताइन् । “वर्तमान सरकार संविधानलाई कमजोर पारेर आफू अनुकुल केन्द्रीकृत शासन प्रणालीतर्फ उन्मुख भएको छ,”उनले भने।
राजनीतिक विश्लेषक लोकराज बराल, पत्रकार प्रतीक प्रधान, नेका पर्साका सभापति अजय द्धिवेदीलगायतले बहुमतका आधारमा सरकारले विधेयकलाई पारित गर्दै गएर संविधानको उपहास गर्न खोजेको बताएका थिए । उनीहरुले संविधानलाई सर्वस्वीकार्य बनाउँदै अगाडि बढ्नुपर्ने धारणासमेत राखे । रासस
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया