बिएल संवाददाता
बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सुखद सुरुवात गरेको छ।
लिग अन्तरगत शनिबार राति भएकाे सिजनको पहिलो खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३–० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद् सुरुवात गरेको हो।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई तथा जियोभानी रेइनाले एक गोल गरे।
खेलको ३५ औँ मिनेटमा जियोभानीले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए।
पहिाले हाफ एक गाेल भएकाे खेलमा दाेस्राे हाफ थप २ गाेल भयाे।
५४ औँ मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै डर्टमण्डको अग्रता दाेब्बर बनाए।
७७ औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को जित दिलाए।
जितसँगै डर्टमण्डले पहिलो खेलमै डर्टमण्डले महत्वपूर्ण ३ अंक जोडेको छ।
डर्टमण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ। मुन्छेनग्लाडबाखले भने हारबाट सिजनको सुरुवात गरेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया