बिएल संवाददाता
बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सुखद सुरुवात गरेको छ।
लिग अन्तरगत शनिबार राति भएकाे सिजनको पहिलो खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३–० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद् सुरुवात गरेको हो।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई तथा जियोभानी रेइनाले एक गोल गरे।
खेलको ३५ औँ मिनेटमा जियोभानीले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए।
पहिाले हाफ एक गाेल भएकाे खेलमा दाेस्राे हाफ थप २ गाेल भयाे।
५४ औँ मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै डर्टमण्डको अग्रता दाेब्बर बनाए।
७७ औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को जित दिलाए।
जितसँगै डर्टमण्डले पहिलो खेलमै डर्टमण्डले महत्वपूर्ण ३ अंक जोडेको छ।
डर्टमण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ। मुन्छेनग्लाडबाखले भने हारबाट सिजनको सुरुवात गरेको छ।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया