हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन्। नेपाली हाँस्य क्षेत्रका एक चर्चित कलाकार तथा सामाजिक अभियन्ता सिताराम विसं २०४० साल असोज ४ गते जन्मिएका थिए।
चितवनमा धुर्मुस–सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेश रंगशाला’ निर्माणमै व्यस्त रहेका सितारामले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्।
‘मलाई शुभकामना दिने सबैको आर्शिवाद लागेको छ,’ उनले भने, ‘यसैले, म आफ्नो अभियानमा निरन्तर अगाडि बढिरहेको छु।’
सितारामले आफ्नो सपना भनेको हरेक नेपालीलाई खुशी बनाउनु रहेको बताए। उनले भने,‘जनस्तरबाटै निर्माण भैरहेको क्रिकेट रंगशाला निर्माण गरेर सबै नेपालीलाई खुशी बनाउने एउटा सपना छ। यो सपना पुरा हुने दिनको प्रतिक्षामा हामीले मिहिनेत गरिरहेका छौ।’
हाँस्य सिरियल ‘मेरी बास्सै’बाट उदाएका उनलाई विशेषगरि, दर्शकले ‘धुर्मुस’ उपनामले चिन्ने गर्छन्।अहिले ‘मेरी बास्सै’ छाडेर उनी सामाजिक काममा लागेका छन्।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया