
हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन्। नेपाली हाँस्य क्षेत्रका एक चर्चित कलाकार तथा सामाजिक अभियन्ता सिताराम विसं २०४० साल असोज ४ गते जन्मिएका थिए।
चितवनमा धुर्मुस–सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेश रंगशाला’ निर्माणमै व्यस्त रहेका सितारामले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्।
‘मलाई शुभकामना दिने सबैको आर्शिवाद लागेको छ,’ उनले भने, ‘यसैले, म आफ्नो अभियानमा निरन्तर अगाडि बढिरहेको छु।’
सितारामले आफ्नो सपना भनेको हरेक नेपालीलाई खुशी बनाउनु रहेको बताए। उनले भने,‘जनस्तरबाटै निर्माण भैरहेको क्रिकेट रंगशाला निर्माण गरेर सबै नेपालीलाई खुशी बनाउने एउटा सपना छ। यो सपना पुरा हुने दिनको प्रतिक्षामा हामीले मिहिनेत गरिरहेका छौ।’
हाँस्य सिरियल ‘मेरी बास्सै’बाट उदाएका उनलाई विशेषगरि, दर्शकले ‘धुर्मुस’ उपनामले चिन्ने गर्छन्।अहिले ‘मेरी बास्सै’ छाडेर उनी सामाजिक काममा लागेका छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया