बिएल संवाददाता
साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा विजयी सुरुवात गरेको छ।
घरेलु मैदानमा ब्इतबार भएको खेलमा साम्पडोरियामाथि ३–० को सहज जित निकाल्दै युभेन्ट्सले विजयी सुरुवात गरेको हो।
एलिएन्ज एरिना टुरिनमा भएको खेलमा युभेन्ट्सको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे।
पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो।
युभेन्ट्सले १३औँ मिनेटमा गोल अग्रता लिएको थियो। पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै रोनाल्डोले बललाई डिजानले गोलमा परिरण गरेका थिए।
उनकै गोलमार्फत युभेन्ट्सले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो।
७९औँ मिनेटमा युभेन्ट्सका बोनुचीले हुलमुलमा गोल गर्न सफल भए।
त्यसपछि ८८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया