बाह्रखरी
लामो समयको लकडाउन र करिब एक महिना लामो निषेधाज्ञापछि कोरोना संक्रमणको त्रासबीच अन्य क्षेत्र विस्तारै तङ्ग्रिने सुरसारमा लागे पनि चलचित्र क्षेत्र भने बन्दै छ । चलचित्र क्षेत्र बन्द हुँदा करिब ३० हजार चलचित्रकर्मी अलपत्र परेका छन् । चलचित्र निर्माता संघका अनुसार कलाकार, प्राविधिक, निर्माता तथा स्रष्टा गरेर करिब ३० हजार चलचित्रकर्मी अलपत्र परेका हुन् ।
यसमध्ये सबैभन्दा धेरै चलचित्र प्राविधिक समस्यामा छन् । लामो समय काम ठप्प हुँदा प्राविधिकहरूलाई अझ धेरै समस्या भएको हो । चलचित्र प्राविधिक संघका अनुसार करिब ३५ सय प्राविधिकमा १५ सय अझ बढी समस्यामा परेको संघले जनाएको छ । यसमा पनि ७०० प्राविधिकलाई दैनिक गुजारा चलाउन नै समस्या भएको छ ।
“चलचित्र क्षेत्र नखुल्दा सबैभन्दा धेरै समस्या हामीलाई भयो । केही व्यक्तिले दिएको राहत साथीहरूलाई वितरण गरिरहेका छौं,” चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा भन्छन्, “सहयोगी साथीहरूले सहयोग गरिरहनुभएको छ ।”
केही दिनअगाडि नायक राजेश हमालले ५ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका थिए । ११३ प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारका दरले प्राविधिक संघले उक्त सहयोग वितरण गरेको थियो ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया