‘ओ पोजेटिभ’ लाई कोरोना संक्रमणको समस्या अरुभन्दा कम

कोरोना भाइरसलाई लिएर विश्वभरि थुप्रै परीक्षण भइरहेको छ। यस्तै एक परीक्षण अस्ट्रेलियामा पनि भइरहेको छ। अस्ट्रेलियामा पनि कोरोनाविरूद्ध भ्याक्सिनको तयारी तीब्र गतिमा बढिरहेको बेला अर्को एउटा रोचक तथ्य बाहिर आएको छ। 

अस्ट्रेलियाका वैज्ञानिकहरूले कोरोनालाई लिएर एउटा रोचक जानकारी बाहिर ल्याएका छन्। त्यो हो, ‘ओ पोजेटिभ’ रक्तको समूह हुने मानिसमा कोरोना संक्रमण अन्य समूहका व्यक्तिलाई भन्दा कम लाग्ने गर्छ। 

यस विषयमा अमेरिकी वैज्ञानिकहरूले पनि परीक्षण नगरेका होइनन्। तर, उनीहरूले अन्य रक्त समूहभन्दा ‘ओ पोजेटिभ’ का मानिसमा कोरोनाको असर कम रहेको पत्ता लगाएका थिए। 

अमेरिकाको हार्वर्ड विश्वविधालयले केही समयअघि गरेको परीक्षणपछि भनेको थियो, ‘ओ पोजेटिभ समूहका मानिसहरू कोरोना संक्रमणबाट न्युन मात्रामा मरेका छन्।’ 

तर, अस्ट्रेलियाका वैज्ञानिकले १० लाख मानिसको डिएनए परीक्षणपछि भने, ‘ओ पोजेटिभ रक्त समूहका मानिसमा भाइरसको असर कम हुन्छ।’ 

अन्य अनुसन्धानमा युवावर्गमा कोरोनाको सबैभन्दा बढी प्रभाव फोक्सोमा हुने गरेको बताइएको थियो। तर, यो अनुसन्धानमा फोक्सो बाहेक पनि मुटुमा असर पर्ने गरेको बताइएको छ।

‘युवाहरूमा मृत्युको कारण मुटुमा भाइरसको प्रभाव पर्न थालेपछि भएको देखिन्छ,’ अनुसन्धानमा भनिएको छ, ‘कोभिड–१९ बाट संक्रमित बिरामी खतरामुक्त भएपनि उसको मुटुमा केही न केही समस्या बाँकी रहेको देखिएको छ।’ यस्ता संक्रमितमा स्वासप्रस्वासमा समस्या भेटिएको अनुसन्धानमा बताइएको छ।

प्रकाशित मिति: : 2020-09-22 07:38:15

प्रतिकृया दिनुहोस्