बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १५४ परीक्षणमा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ६६ हजार नाघेको छ। आजसम्म ६६ हजार ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये १८ हजार १ सय ४२ सक्रिय संक्रमित रहेका छन् ।
संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ जना छन् भने ८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ८ सय २३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४८ हजार ६१ जना पुगेको मन्त्रालयको तथ्यांक छ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ९ लाख ३४ हजार ९ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा छन् ।
यस्तै पछिल्लो २४ घन्टामा २ जनाको ज्यान गएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म ४२९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
आइसियुमा २२३ जना उपचाररत छन्। यस्तै भेन्टिलेटरमा ३७ जना उपचाररत छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया