बाँकेमा उपचारको क्रममा बर्दियाका कोरोना संक्रमितको मृत्यु 

बाँकेमा उपचारको क्रममा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

मंगलबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बर्दियाका कोरोना संक्रमित पुरुषको उपचारको मृत्यु भएको हो।

देव्रे फोक्सोको निमोनियाबाट ग्रसित  बर्दिया ठाकुरबाबा नगरपालिका–७ का ६४ बर्षीय पुरुषको उपचारका क्रममा अस्पतालका उप–निर्देशक डा दिनेश श्रेष्ठले  बताए।

उनका अनुसार ती पुरूष आइतबार अस्पताल भर्ना भएका थिए।  उनको पछिल्लो  एक साता यता स्वास्थ्यमा समस्या देखिनुका साथै कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो।

त्यहीँ दिन अस्पतालमा स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको  उनले जानकारी दिए । यो सँगै कोहलपुर मेडिकल कलेजका उपचारका क्रममा ९ जना संक्रमितको मृत्यु भएको छ ।

 बर्दियामा भने भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ  ।  बाँकेमा अहिले सम्म कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ।

सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिका नागरिकको  मृत्यु भएको छ । बाँके र बर्दियामा पछिल्लो समय निरन्तर कोरोना संक्रमित थपिरहेका छन्।

प्रकाशित मिति: : 2020-09-22 21:16:31

प्रतिकृया दिनुहोस्