अब पर्यटन वोर्डले प्रत्येक प्रदेशमा कार्यालय सञ्चालन गर्ने

नेपाल पर्यटन वोर्डले अब प्रत्येक प्रदेशमा कार्यालय सञ्चालनमा ल्याउने भएको छ । हाल वागमती र गण्डकी दुईवटा प्रदेशमा मात्र वोर्डको प्रादेशिक कार्यालय रहेको छ ।

कार्यालय स्थापनाका लागि स्थलगत अवलोकन सम्भाव्यता अध्ययनका लागि निरीक्षण गर्न देश दौडहामा निस्किएका वोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले विहीबार झापाको मेचीनगरमा सरोकारवालाहरुसँगको अन्तरक्रियामा यस्तो खुलासा गरेका हुन् ।

काँकरभिट्टास्थित पर्यटन कार्यालयमा आयोजित अन्तरक्रियामा बोल्दै डा रेग्मीले पर्यटनकाक्षेत्रमा धेरै खालका समस्या र गुनासाहरु रहेकाले आफै प्रत्यक्षरुपमा गएर हरेक समस्या र गुनसालाई नजीकबाट नबुझेसम्म समाधनका उपाय निकाल्न गाह्राे हुने भएकाले यो देश दौडहा अभियान शुरु गरेको प्रष्ट पारे। 

'पर्यटनका क्षेत्रमा सरोकार राख्ने तथा करोडौ रुपैयाँ लगानी गर्ने निजी क्षेत्रका व्यवसायीहरुसँग यसभित्रका समस्या पहिल्याएर समाधानका उपाय खोज्न मेचीदेखि महाकालीसम्म हरेक पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया र छलफल गर्ने योजनासहित पश्चिमबाट शुरु भएको अभियानका क्रममा  दुरपूर्व झापाको मेचीनगर आइपुगेको हुँ,' उनले भने।

नेपाल पर्यटन वोर्डको स्थापना भएको २०/२२ वर्ष भईसक्दासम्म पर्यटन व्यवसायलाई कुन रुप दिने भन्ने कुरामा सबै जना अल्मलिई रहेको भन्दै डा रेग्मीले पर्यटन व्यवसायीसहित त्यस क्षेत्रका अन्य सरोकार व्यक्तिहरुसँग गरेका अन्तरक्रिया र छलफलबाट पर्यटन व्यवसायलाई कुन रुप दिने तथा कसरी लिएर अघि बढ्ने भन्ने निष्कर्षमा पुग्ने धारणा राखे।

पर्यटन क्षेत्रमा तराईलाई विशेषगरी सीमासँग जोडिएका क्षेत्रमा पर्यटनका समस्या के कस्ता छन? त्यसको दीर्घकालिन समाधान के हुन सक्छ? सम्बन्धित पक्षसँग अन्तरक्रिया र छलफल गर्नु, अब उप्रान्त भइरहेका समस्यालाई कसरी कम गर्न सकिन्छ, सशक्तरुपमा भारतीय पर्यटकलाई लक्षित गरेर नेपालमा धेरै भन्दा धेरै पर्यटन प्रवद्र्घन गर्न के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ ? संघीय , प्रदेश र स्थानीय सरकारसँग सहकार्य समन्वय गरेर बजेटको दुरुपयोग नहुने गरी संयुक्तरुपमा कुनै लक्ष्य लिएर अघि बढ्दै सातवटै प्रदेशमा वोर्डका प्रादेशिक कार्यालय सञ्चालन गर्नु देश दौडहाको मुख्यः उद्घेश्य रहेको उनको भनाई थियो ।

उनले पश्चिमको गड्डाचौकी र पूर्वको काँकरभिट्टा नाका निक्कै महत्वपूर्ण भएकाले यी नाकालाई निक्कै व्यवस्थित बनाएर पर्यटकहरुलाई अधिक भन्दा अधिक पर्यटकियक्षेत्रका बारेमा जानकारी प्रदान गर्न सक्नुपर्नेमा जोड दिए। 

अहिलेसम्म हामीले रंगका आधारमा पर्यटकको वर्गाीकरण गर्ने गरेको भन्दै उनले छाला जस्तो सुकै भएपनि नेपाल घुम्न आउने जुनसुकै देशका नागरिक  भएकाले उनीहरुलाई हामी पर्यटककारुपमा व्यवहार गर्नुपर्ने बताए । 

उनले अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन के कस्ता कार्यक्रमहरु अघि सार्नुपर्छ त्यसमा हरेक पर्यटन व्यवसायीहरुलाई साथ सहयोग गर्न वोर्ड तयार रहेको र पर्यटनकाक्षेत्रमा भोग्दैं आएका समस्या समाधान गर्न समेत वोर्डले जे गर्नुपर्नै हो सबैथोक गर्ने प्रतिवद्घता व्यक्त गरे।

 वोर्डको टोलीमा निर्देशक लक्ष्मण गौतम अधिकृत सीताराम दाहाललगायतको सहभागिता थियो ।

कार्यक्रममा सहभागी अधिकाँश पर्यटन व्यवसायीहरुले पर्यटकले अहिलेसम्म भोग्दै आएको समस्या उनी समक्ष राखेका थिए । 

दक्ष जनशक्ति र व्यवसायिकताको अभाव भएको भन्दैं समय समय तालिम सेमिनार र प्रशिक्षणको व्यवस्था मिलाउन समेत उनीहरुले वोर्डसँग आग्रह गरेका थिए ।

नेपालका हरेकक्षेत्र पर्यटक मैत्री बन्नु पर्नेमा जोड दिँदै सहभागीहरुले अहिले पर्यटकले लिएर आएका भारतीय नम्बर प्लेटका सवारी साधनको व्यवस्थापनमा समसया भएकाले नाकामै यातायात सम्बन्धि हेर्ने निकाय समेत खडा गर्नुपर्नेमा जोड दिएका थिए । 

मुख्यः विन्दुबाट सवै प्रक्रिया पुर्याएर उनीहरु सवार भारतीय नम्बर प्लेटका गाडीहरुलाई गन्तव्यसम्म पुग्न दिनुपर्नै सहभागीको भनाई थियो । देशका अन्य नाकालाई हेर्ने दृष्टिकोणभन्दा काँकरभिटटालाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने उनीहरुको भनाई थियो ।
 

प्रकाशित मिति: : 2020-09-24 19:25:22

प्रतिकृया दिनुहोस्