हरेक दिन ५ जना बलात्कृत, बलात्कारसँगै हत्याको ‘ट्रेण्ड’ बढ्यो

देखापढी

काठमाडौँ

 

जङ्‌ग तामाङ

धादिङको त्रिपूरासुन्दरी गाउँपालिकाकी १४ वर्षीया किशोरी बुबाबाट असोजको ८ गते बिहीबार बलात्कृत भइन्। 

घटना आमाले थाहा पाइन्। तर, आमाले बुबालाई छोरीमाथि त्यस्तो नगर्न नभनेपछि उनलाई घरमा बस्न मन लागेन। र, घर छाड्ने निर्णय गरेर काठमाडौंतर्फ लागिन्।
अन्ततः धादिङ प्रहरीले नै उद्दार ग-यो। बलात्कार गरेको आरोप लागेको ३५ वर्षीय बुबा सोमबारदेखि प्रहरी हिरासतमा छन्।

बझाङको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामी असोज ७ गते राति मृत फेला परिन्। 

सिमछानामा गाईवस्तु बाँध्न भनेर घरदेखि हिँडेकी उनी सिम मन्दिरभित्र मृत फेला परेकी थिइन्।

घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बलात्कार र लुटपाटपछि हत्या भएको खुल्न आएको बताएका छ्न।

घटनापछि सोही ठाउँका २० वर्षीय राजेन्द्र बोहरा पक्राउ परिसकेका छन्।

प्रकाशित मिति: : 2020-09-30 12:43:28

प्रतिकृया दिनुहोस्