वैकल्पिक माध्यमबाट पठनपाठनका लागि विद्यार्थीले कहिले पाउँछन् निःशुल्क इन्टरनेट ?

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

 कोरोना भाइरस संक्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा अहिले इन्टरनेट, रेडियो, टेलिभिजनलगायतका वैकल्पिक विधिबाट अध्ययन-अध्यापन भइरहेको छ। 

शिक्षा मन्त्रालयले १ असोजमा जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार पठन पाठन गर्दा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट उपलब्ध गराउने कुरा उल्लेख गरिएको थियो।  

निर्देशिकामा ‘नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने’ उल्लेख गरिएको छ। 

त्यसका लागि शिक्षा मन्त्रालयले आवश्यक व्यवस्था गर्ने उल्लेख छ। 
 
तर, निर्देशिका लागू भएको आज १४ दिन पूरा भएको छ। अहिलेसम्म विद्यार्थीले नि:शुल्क इन्टरनेट सुविधा पाएका छैनन्। शिक्षा मन्त्रालयले भने आवश्यक प्रक्रिया थालिएको जनाएको छ। 

प्रकाशित मिति: : 2020-09-30 15:46:27

प्रतिकृया दिनुहोस्