
रासस
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन्।
‘अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार राससमा समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता गरेका हुन्।
रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को कार्यक्रमानुसार गाउँपालिकाका ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको थियो।
सप्लायर्स कम्पनी गिरिधारी कृषि मेशिनरी सप्लायर्सका सञ्चालक गिरिधारी चौधरीले प्रतिकिसान रु एक हजार पाँच सयका दरले कुल रु ५१ हजार गैरकानूनी ढङ्गबाट उठाएका थिए।
त्यसरी उठाइएको रकमको कुनै रसिदसमेत नदिँदा स्थानीयवासीले कमिशनको आशङ्का गरी न्यायका लागि सञ्चारमाध्यमको सहयोग लिएका थिए।
त्यसलगत्तै ठेकेदारले गाउँपालिकाको आन्तरिक राजस्व खातामा आफूले लिएको सबै रकम जम्मा गरिदिएको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी न्यौपानेले जानकारी दिइन्।
गाउँपालिकाको खातामा जम्मा भएको रकम कार्यपालिका बैठक बसेर निर्णय गरी आइतबारसम्म सबै किसानलाई फिर्ता गरिने गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले जानकारी दिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया