नेपाल रेल्वेमा १२९ पदका लागि ३२ हजार ६ सय ८६ को आवदेन

नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने रेलका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। 
रेल्वेले ६ महिनाको लागि करार दरबन्दीमा १२९ जना कर्मचारीको माग गरेको हो।

१२९ पदका लागि ३२ हजार ६ सय ८६ जनाले आवदेन दिएका छन्। सबैभन्दा बढी सहायक ‘स्टेशन मास्टर’ पदका लागि आवेदन दर्ता भएको नेपाल रल्वेले जनाएको छ।

रेल्वेले ९ जना सहायक स्टेशन मास्टरको माग गरेकोमा ८ हजार ६ सय ७४ जनाले आवेदन दिएका छन्। यसैगरी १० जना टिकेट बिक्रेता सहायक पदका लागि ६ हजार ४३ जनाको आवेदन दर्ता भएको छ।

४ जना टिकेट कलेक्टरका लागि २ हजार ९ सय १२ जना, २५ जना गेटम्यानका लागि १ हजार ९ सय ५५ र तीनजना प्रमुख प्रशासन सहायक पदका लागि १ हजार ८९२ जनाले आवेदन दिएका छन्।

यसैगरी, ८ जना कार्यालय सहयोगीका लागि १ हजार ७ सय ९३, तीनजना कम्प्युटर अपरेटरका लागि १ हजार ३ सय ९८ जना, ३ जना टिटिईका लागि १ हजार २ सय १ र दुईजना लेखापालका १ हजार ४६ जनाले आवेदन दिएको रेल्वे कम्पनीले जनाएको छ। 

एक शाखा अधिकृत पदको लागि २ सय ५४, एकजना कानुन अधिकृतका लागि ६२, तीनजना स्टेशन मास्टरका लागि ९ सय ८, तीनजना सबइन्जिनियरका लागि ९ सय ४७ र एकजना क्यासियरका लागि ५ सय १८ जनाले आवेदन दिएका छन्।

एकजना पिडब्ल्यूआईका लागि १ सय ४७, दुईजना फोरम्यानका लागि २ सय ५४, दुईजना इलेक्ट्रिसियनका ५ सय ९, एकजना अमिनका लागि १ सय ९३ र चारजना इएसटीएमएसका लागि १ सय ७८ जनाले आवेदन दिएका छन्। 

यसैगरी तीनजना रेलगार्डका लागि ४ सय २२, जना ग्याङम्यान इन्चार्जका लागि ३ सय ४०, सातजना ‘की-म्यान’का लागि १ सय ३५, एकजना हेल्परका लागि १ सय ४३, दुईजना अको हेल्परका लागि १ सय २८, सातजना प्वाइन्ट्स म्यानका लागि १ सय २८जना, १४ जना ग्यांगम्यानका लागि ४ सय १० र दुई ट्रली चालकका लागि ७५ जनाले आवेदन दिएका छन्।

आवेदनकर्ताहरुको कागजात परीक्षण गरेर छनोटमा परेकाहरुलाई अन्तर्वार्ताका लागि बोलाइने नेपाल रेल्वेले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-08 09:37:40

प्रतिकृया दिनुहोस्