बिएल संवाददाता
सुदूरपश्चिमका विभिन्न नाकाबाट दुई महिनामा झन्डै ३४ हजार नेपाली भारत गएका छन्। कञ्चनपुरको गड्डाचौकी नाका र त्रिनगर–गौरीफन्टा नाकाबाट भदौदेखि हालसम्म ३३ हजार ८ सय ३८ नेपाली भारत गएका हुन।
गौरीफन्टा नाकाबाट मात्रै २९ हजार नेपाली भारत गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। यस्तै, गड्डाचौकी नाकाबाट ४ हजार ८ सय जना भारत गएका छन्।
प्रहरीका अनुसार कामको सिलसिलामा दैनिक एक हजारको हाराहारीमा नेपालीहरु भारत गईरहेका छन्। रोग भन्दा पनि भोकले मरिने भएपछि उनीहरु दशैं तिहारको मुखैमा भारत हिडेका हुन्।
घरमा खानालगाउन समस्या भएपछि वर्षदिन दिनकोे चाड छोडेर जानु रोजगारीका लागि भारत जानु परेको अछाम साँफेबगर नगरपालिका राजन कुँवरले दुख पोखे। उनले अरुको देशमा जाने रहर नभएपनि बालबच्चा पाल्नकै लागि बाध्य भएर जानुपरेको बताए।
यस्तै कैलालीको लम्की चुहा नगरपालिका धनचैयाका करन विकले कोरोनाको महामारी फैलिदा भाारतबाट फर्किएपनि ल्याएको रुपैया सकिएपछि फेरि भारत जान लागेको बताए। उनले हुने खानेहरुका लागि स्थानीय सरकारले हेर्ने गरेको बताउदै आफूहरुका लागि भारतको चौकीदारी नै पेट पाल्ने बाटो भएको बताए।
कोरोना भाइरसको महामारीले निम्त्याएको संकटपछि फर्किएकासमेत छाक टार्नै समस्या हुँदा जोखिम मोलेरै भारत फर्किन लागेको उनीहरुको भनाई छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया