वेस्टर्न युनियनको ‘दशैंको सौगात’ प्रबद्र्धनमा ग्राहकहरुलाई नगद रकम जित्न सक्ने मौका

दशैं, तिहार तथा छठको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतित्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा ‘दशैंको सौगात’ प्रबद्र्धन योजना ल्याएको छ जसमा ग्राहकहरुले कार्तिक १ गते देखि मंसिर २७ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन्। 

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ। यो योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले रु. २५००० जित्नेछन्। यो योजना डिसेम्बर १२ तारिखसम्म लागू गरिनेछ।

यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछ। यसमा १ जना भाग्यशाली विजेताले रु १० लाख नगद जित्न सक्नेछन्। लक्की ड्र को विजेता १६ डिसेम्बरमा घोषित गरिनेछ।

‘वेस्टर्न युनियलाई विगत २ दशक भन्दा बढि समयदेखि ग्राहकहरुले कम्पनीप्रति देखाएको निष्ठा र विश्वासको प्रशंसा गर्दछौं। नेपाली प्रवासीहरुको मिहेनत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरुको प्रियजनहरुका लागि हामीले दशैंको ‘सौगात’ प्रबद्र्धन ल्याउँन पाउँदा निकै उत्साहित छौं। यो प्रबद्र्धन भनेको चाडपर्वको समयमा खुशी बाड्दै हाम्रो ग्राहकहरुको लगनशिलता र परिश्रमलाई मान्यता दिने एउटा तरिका हो’, वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले भने। 

प्रकाशित मिति: : 2020-10-18 17:48:00

प्रतिकृया दिनुहोस्