प्रतिभाशाली यी दाजुभाइ : घरमै बसीबसी बनाए स्वचालित स्यानिटाइजर मशिन

तस्बिर : लोकान्तर
प्रकाश आचार्य

बुटवलका जुम्ल्याहा दाजुभाइ लभ र कुश पन्थीले कोरोना संक्रमितलाई औषधि पुर्‍याउने रोर्बट नर्स बनाएको केही समयपछि बुटवलका अर्का दाजुभाइ कपिल र विशाल लम्सालले स्वचालित हाते स्यानिटाइजर मशिन बनाएका छन् ।

बुटवलका कालिका मानवज्ञान माविको १० कक्षामा अध्ययनरत दाजुभाइले विद्यालय बन्द भएको समय सदुपयोग गरेर स्वचालित स्यानिटाइजर मशिन बनाएका हुन् । स्यानिटाइजर मशिन दाजुभाइका लागि आम्दानीको स्रोत बनेको छ । 

दुवै दाजुभाइले यसअघि पनि रोबोट बनाएका थिए । गुल्मीको मालिका गाउँपालिका–६ अर्जै फुलबारी घर भई बुटवल बस्दै आएका लम्साल दाजुभाइले स्थानीय बजारमै पाइने कच्चा पदार्थ प्रयोग गरेर मशिन बनाइएका हु्न । १ महिनाको प्रयासमा लम्साल दाजुभाइले मशिन तयार गरेका हुन् ।

मशिनमा ६ इन्चको पीभीसी पाइप काटेर डिजाइन निकालिएको छ । पाइपमा मोटर जोडेर अल्ट्रासोनिक सेन्सरसहित आडिनो आईसी प्रोग्रामिङ गरेर मशिन तयार गरिएको कपिलले बताए । मशिनमा साढे २ लिटरदेखि ५ लिटरसम्म स्यानिटाइजरको झोल राख्न सकिने बनाइएको छ ।

 

प्रकाशित मिति: : 2020-10-23 16:10:00

प्रतिकृया दिनुहोस्