बिएल संवाददाता
तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको निधन भएको छ।
कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ ८८ वर्षको उमेरमा काठमाडौं महानगरपालिका १३ कालीमाटीस्थित निवासमा निधन भएको हाे।
उनी मधुमेह र दमको बिरामी थिए।
मदन पुरस्कारसमेत प्राप्त खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन्।
तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रासाद सेवामा काम गरेका थिए। उमेर हदका कारण उनले वि.सं. ०५२ सालमा प्रमुख सचिव पदबाट अवकास पाएका थिए।
खनाल नेपालको संवैधानिक कानूनका विज्ञ मानिन्छन्।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा खनालको अन्त्येष्टि गरिनेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया