‘तारक मेहता’ का कलाकार गोगीलाई ज्यान मार्ने धम्की

फाइल तस्बिर

चर्चित टेलिभिजन सिरियल ‘तारक मेहता का उल्टा चश्मा’ मा गोगीको अभिनय गर्ने समय शाहलाई ज्यान मार्ने धम्की आएपछि उनले मुम्बईको बोरीवली पुलिस चौकीमा उजुरी गरेका छन्।

शाहले केही केटाहरूको उजुरी गरेको स्थानीय प्रहरीले पुष्टी गरिसकेको छ। केही दिनअघि सुटिङबाट घर फर्किने क्रममा आफूलाई केही केटाहरूले भद्धा गाली गरेको र मार्ने धम्की दिएको उनले बताए।

उनले लगत्तै प्रहरीलाई फोन गरेका थिए। मुम्बई प्रहरी घटनास्थल पुग्दा उनलाई धम्की दिने केटाहरू भागेका थिए। यो घटनापछि अपरिचित मानिसहरू आफ्नो घरको वरिपरि आएर घुम्ने गरेको र आफ्नो बारेमा छिमेकीलाई सोध्ने गरेको बताए।

उनलाई धम्की दिने मानिसको अनुहार सीसीटिभीको क्यामरामा कैद भएको छ। प्रहरीले यही फुटेजको आधारमा अनुसन्धान गरिरहेको छ।

विगत १५ दिनयता आफ्नो घरको तल विभिन्न मानिस आउने गरेको र आफूलाई गाली गरेर जाने गरेको उनले आरोप पत्रमा लेखेका छन्।

शाहकी आमा निमाले कोरोनाका कारण ड्राइभर छुट्टिमा भएको कारण छोरा सुटिङका लागि ट्याक्सीमा आउने जाने गरेको बताइन् र उनले छोराको सुरक्षालाई लिएर आफू चिन्तित रहेको पनि बताइन्।

प्रकाशित मिति: : 2020-10-30 13:33:00

प्रतिकृया दिनुहोस्