क्यानले जनरल म्यानेजरको लागि ७ जनासँग अन्तर्वार्ता लियाे

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजरको लागि ७ जनासँग अन्तर्वार्ता लिएको छ। 

क्यानले आइतबार अन्तिम छनोटमा परेकाहरुकाे अन्तर्वार्ता लिएको हाे।

जनरल म्यानेजरका लागि आवेदन परेका ४५ जनाबाट दोस्रो चरणमा २० जनाको नाम सर्टलिस्ट गर्दै अन्तिम चरणमा ७ जनासँग अन्तर्वार्ताका लिएको क्यानले जनाएको छ। 

क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षक, क्रिकेटर म्यानेजर, जेनरल म्यानेजर र फाइनान्स म्यानेजरसहित सात प्रदेशका प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेको थियो।

क्यानले मुख्य प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि यसअघि नै अन्तर्वार्ता लिइसकेको छ।

प्रकाशित मिति: : 2020-11-22 17:07:00

प्रतिकृया दिनुहोस्