अमेरिकी पौडीबाज काएलेब ड्रेसेलले बनाए नयाँ विश्व कीर्तिमान

बिएल संवाददाता

न्यूयाेर्क

ओलम्पिक च्याम्पियन अमेरिकी पौडीबाज काएलेब ड्रेसेल नयाँ विश्व कीर्तिमान बनाएका छन्।

ड्रेसेलोले अन्तर्राष्ट्रिय पौडी लिगमा आफ्नो टिम काली कन्डोर्सलाई उपाधि दिलाउने क्रममा व्यक्ति कीर्तिमान बनाएका हुन्। उनले १०० मिटरको दूरी ४९.२८ सेकेण्डमा पूरा गरेर कीर्तिमान बनाएका हुन्।

याेसँगै उनले अन्तर्राष्ट्रिय पौडी लिगको बुड्डापेस्टमा भएको दोस्रो सिजनको ग्राण्ड फाइनलमा उपाधि जिते।

काली कोन्डोर्सले दुई दिनको खेलमा ५६१.५ अंक जोडेर गएको वर्षको विजेता एनर्जी स्टान्डर्सलाई पछि पारेर विजेता बनेको हो। एनर्जीको ४६४.५ अंक भयो।

ड्रेसेलले यसअघि १०० मिटर व्यक्तिगत मिड्लेमा सेमिफाइनलमा कीर्तिमान कायम गरेका थिए।   

प्रकाशित मिति: : 2020-11-23 13:18:00

प्रतिकृया दिनुहोस्