थाइल्याण्ड सरकारद्वारा राजपरिवारको आलोचना गर्न नपाइने विवादास्पद कानून पुनर्जीवित

बिएल संवाददाता

काठमाडाै‌ं

थाइल्याण्ड सरकारले राजपरिवारको आलोचना गर्न नपाइने विवादास्पद कानून पुनर्जीवित गरेको छ।

पछिल्लो दुई वर्षमा राजपरिवारको निन्दा वा आलोचनाको अभियोगमा सबैभन्दा धेरै व्यक्तिविरुद्ध उजुरी परेको छ।

अहिले पनि राजपरिवारको आलोचना गर्दै सरकारविरोधी प्रदर्शन भइरहेको छ। राजसंस्था भित्र परिवर्तनसहितको माग गरि विद्यार्थीको नेतृत्वमा प्रदर्शन हुँदै आएको हाे। 

उनीहरुले संवैधानिक परिवर्तन तथा प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्।

सोही कारण राजपरिवारको आलोचना गर्न नपाइने विवादास्पद कानून पुनः सक्रिय बनाएको हो।

कानूनमा राजपरिवारको आलोचना वा निन्दाको एक घटनाका लागि १५ वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ।

सो कानून अनुसार धेरै अभियन्तालाई अभियोग सामना गर्न आदेशात्मक सूचना जारी भएको छ।

प्रकाशित मिति: : 2020-11-25 12:27:00

प्रतिकृया दिनुहोस्