‘मच्छिन्द्रबहालमा भजन गाउने हिम्मत कसरी गर्‍यो नारायणगोपालले ?’

हिमाल खबर

काठमाडौँ

पिटर जे.कार्थक

 

नारायणगोपाल रञ्जनाका ठूला दाजु बराबर थिए। उनी भेडासिं नजिकैको किलागल टोलमा बस्थे। रञ्जनाका दाजुहरू रामकृष्ण ‘तुफान’ प्रजापति र श्यामकृष्ण प्रजापति नारायणगोपालका बाल्यकालीन मित्र थिए। यी सम्बन्धहरूका कारण म नारायणगोपाललाई जेठान वा दाइ भन्न थालें। उनले पनि मलाई ज्वाइँसाब वा ज्वाइँनारायण भनी बोलाउन थाले।

हाम्रो यस नाता–सम्बन्धले अर्को गोपालसँगको मेरो सम्बन्धमा तत्कालै परिवर्तन ल्यायो। ऊ थियो बहुमुखी सङ्गीतस्रष्टा गोपाल योञ्जन। हामीले ‘गोफ्ले’ भनी बोलाउने गोपाल योञ्जनलाई हामी दार्जीलिङमा अम्बर गुरुङको आर्ट एकेडेमी अफ म्युजिकको सदस्य हुँदादेखि नै म चिन्थें। ऊ त नारायणगोपालको ‘मीतज्यू’ पो भइसकेको रहेछ। अब जेठानको मीतज्यूसँग त साथीको जस्तो व्यवहार गर्नुभएन।

त्यसैले काठमाडौंमा दुवै गोपालहरूसँगको मेरो व्यवहार अत्यन्तै शिष्ट र औपचारिक हुन गयो। हामीहरू भीडभाडमा मात्र भेट्थ्यौं र रेडियो नेपालका रेकर्डिङ स्टुडियोमा पूरै व्यावसायिकता साथ प्रस्तुत हुन्थ्यौं। त्यहाँ म सेसन सङ्गीतकारका रूपमा गिटार र अकुस्टिक डबल बेस बजाउँथेँ। साथै शहरमा हुने अन्य सार्वजनिक कार्यक्रममा पनि म गिटार बजाउँथें।
 

 

प्रकाशित मिति: : 2020-12-04 08:34:00

प्रतिकृया दिनुहोस्