मङ्गलबार, २९ जुलाई २०२५

बाँकेमा कैलालीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

नेपालगञ्ज
फाइल तस्वीर
• • •

बाँकेको कोहलपुरमा कैलालीका ३५ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। 

स्वास्थ्यमा समस्या आएपछि मंसिर १५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको उनको आइतबार बिहान सवा चार बजे मृत्यु भएको हो।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, धनगढी उपमहानगरपालिका ६ का उनी संक्रमित भएको १५ गते नै पुष्टि भएको थियो।

त्यसपछि उनलाई आइसोलेशन युनिटमा राखेर उपचार गरिएको थियो। 

बाँकेमा अन्यत्र जिल्लाका ६२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। 

आइतबार, मंसिर २१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)