‘वि क्यान बि हिरोज’ २५ डिसेम्बरमा डिजिटल माध्यमबाट रिलिज हुँदै

छत्तीस वर्ष अगाडी बच्चाहरुको लागि एउटा ‘फ्यान्टासी’ चलचित्र रिलिज भएको थियो, ‘द नेभरएण्डिङ्ग’ स्टोरी।

वुल्फ ग्याङ्ग पिटरसनद्वारा निर्देशित यो जर्मन चलचित्रले सफलताको सबै रेकर्डहरु स्थापित गरेको थियो। 

त्यसै अनुसार ‘वि क्यान बि हिरोज’ नामको यस्तै ‘फ्यान्टासी’ चलचित्र २५ डिसेम्बरमा डिजिटल र १ जनवरीमा चलचित्र हलहरुमा रिलिज हुनेछ। 

रोबर्ट रोड्रिग्रेजद्वारा निर्मित र निर्देशित यो चलचित्र सन् २०१५ मा प्रदर्शित रोड्रिगेजद्वारा नै निर्देशित ‘अ एड्भेञ्चर्स अफ शार्क ब्वाई एण्ड लाबा गर्ल’ को सिक्क्वेल हो।

दैबी शक्ति प्राप्त गरेर केही बच्चाहरुले पानीमा आगो लगाउन सक्ने शक्ति प्राप्त गरेपछि के हुन्छ भन्ने रोचक कथामा बनेको यो चलचित्रमा भारतीय नायिका प्रियंका चोपडाले मुख्य भूमिकामा निभाएकी छिन्।

चोपडाका साथ् यो चलचित्रमा पेड्रो पास्कल, ट्यालर डोले आदि कलाकारहरुले पनि अभिनय गरेका छन्।

प्रकाशित मिति: : 2020-12-07 08:20:00

प्रतिकृया दिनुहोस्