जो वाइडेनको जितले पायाे आधिकारिकता

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनको जितले आधिकारिकता पाएको छ। 

देशभरका इलेक्टोरल कलेज सदस्यहरुले वाइडेनको जितलाई औपचारिकता प्रदान गरेको हो। 

गएको नोभेम्बर ३ मा भएको चुनावमा वाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका हुन्।

यस्तै २३२ इलेक्टोरल कलेज मत पाएका राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजयले पनि औपचारिकता प्राप्त गरेको छ।

योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नका लागि वाइडेनको अन्तिम औपचारिकताको चरण पनि पूरा भएको छ। 

सामान्यतया इलेक्टोलर कलेज सदस्यले चुनावी नतिजालाई औपचारिकता प्रदान गर्ने प्रक्रिया हुन्छ तर ट्रम्पले नतिजा अस्वीकार गरेको र इलेक्टोरल कलेज मतमा नतिजा उल्ट्याउन प्रयास गरेका थिए। 

ट्रम्पले बिना कुनै प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका थिए।

उनको आरोप न्यालयहरुले खारेज गरिसेको छ। 

यद्यपी यो नतिजा उनले मानेका छैनन्। अब वाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन्।

प्रकाशित मिति: : 2020-12-15 07:33:00

प्रतिकृया दिनुहोस्