बिल गेट्सको दावीः अबको ६ महिना चुनौतीपूर्ण

माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सले आउँदो ४ देखि ६ महिना कोरोना महामारीका कारण विश्वको अवस्था खराब हुने बताएका छन्।

उनले यस अवधिमा २ लाखभन्दा बढी मानिसको ज्यान जाने भविस्यवाणी गरेका छन्। 

उनले यसबाट जोगिन कोरोनाबिरूद्ध सरकारले लागु गरेको स्वास्थ्य नियमको पूर्णपालना गर्न, मास्क लगाउन र भिडभाड हुने ठाउँमा नजान सबैसँग आग्रह गरेका छन्। 

गेट्सले हालै अमेरिकी समाचार एजेन्सी सीएनएनलाई दिएको अन्तर्वार्तामा कोरानाबिरूद्धको खोप आफूले सार्वजनिक रूपमा लगाउने बताएका छन्। 

इन्स्टिच्युट फर हेल्ट मेट्रिक्स एण्ड इभ्यालुएसन (आईएचएमई) ले पनि आउँदो ६ महिनामा २ लाख बढी मानिसको निधन हुनसक्ने बताएको छ। 

कोरोनाका कारण हाल विश्वभरि ७ करोड २६ लाख मानिस संक्रमित भएका छन्। यसमा ५ करोड ८ हजार पूर्णत ठिक भइसकेका छन् १६ लाखभन्दा बढीको ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-12-15 11:58:00

प्रतिकृया दिनुहोस्