
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका संघीय सांसदहरूसँग छलफल गरिरहेका छन्।
प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीले आफू निकट सांसदहरूसँग बालुवाटारमा ९ बजेपछि छलफल सुरु गरेका हुन्।
उक्त भेलामा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी रहेका छन्।
भेलामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, पार्टी महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्टलगायत सहभागी छन्।
गृहमन्त्री रामबहादुर थापा भने भेलामा सहभागी भएका छैनन्।
प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए।
पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया