मङ्गलबार, २९ जुलाई २०२५

एमाले कसैले ब्यूँताएर ब्यूँतिदैन, सूर्य चिन्हमा ओलीकाे दाबी लाग्दैन: माधव नेपाल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन्।

मंगलबार बबरमहलमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले भने, ‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे। पार्टी एकता हुँदा नै पूर्वएमाले र माओ‌वादीको विघटन भइसक्यो। त्यो अब कसैले ब्यूँताएर ब्यूँतिदैन।’ 

उनले बालुवाटारमा सानो गुटको भेला मात्रै भएकाे कारण त्यसले बैधानिकता नपाउने समेत बताए। 

‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन। ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौं। बालुवाटार बैठकको वैधता समेत छैन,’ उनले भने। 

उनले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई ओलीले पटकपटक अपमान गरेको बताए। 

नेता नेपालले भने, ‘पहिलो अध्यक्षले आफ्नो गुटका मान्छेहरुलाई माथिमाथि लगेको तर आफूविरुद्ध बोल्नेललाई अवसर नदिने एकाधाधिकारवादी शैली अपनाए। अध्यक्ष दाहालको अपमानको विष गज्जब गरी पिउनुहुने रहेछ। दाहाल भएको हुनाले सहज भएको हो नत्र म भएको भए कुर्सी लिएर छेउमा बस्थे भनेको थिएँ।’

उनले ओली प्रचण्डलाई पटकपटक अपमान सहेर भएपनि कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भनेर लागेको भन्दै प्रचण्डको प्रशंसा समेत गरे।

नेता नेपालले निर्वाचन आयोगमा वेधताको बारेमा हल्ला फैलाएपनि त्यसमा कुनै सत्यता नरहेको बताए। 

‘पहिलो अध्यक्ष भएको नाताले मैले भनेको मात्र लाग्छ, निर्वाचन आयोगमा पनि सूर्य चुनाव चिन्ह मेरो हुन्छ भन्ने सुनेको भन्दै उनले त्यसको कुनै कानूनी आधार छैन,’ उनले भने।

मंगलबार, पौष ०७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)