कोरोनाविरुद्धको खोप चाँडो भन्दा चाँडो ल्याउन निजी क्षेत्रलाई पनि अनुमति दिन्छाैं: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप चाँडो भन्दा चाँडो सबैको पहुँचमा पुर्‍याउन निजी क्षेत्रलाई पनि अनुमति दिने बताएका छन्।

नेपाल स्काउटले नयाँ वर्षको अवसरमा शुक्रबार आयोजना गरेको वालवालिकासँग प्रधानमन्त्री कार्यक्रममा बालिकाहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। 

‘सबै नेपालीलाई खोप आवश्यक हुन्छ। सबैमा खोप पुर्‍याउने तीब्र तयारी भइरहेको छ। सरकारको तर्फबाट पनि जतिसक्दो चाँडो ल्याउने तयारी भइरहेको छ। आज पनि हामीले त्यसको बैठक गरेका छौं,’ उनले भने। 

उनले विश्व स्वास्थ्य संगठनबाट कोरोना खोप ल्याउदा समय लाग्ने भएको कारण छिमेकी देशलाई प्रथमिक्तामा राखिएको बताए। 

उनले भने,‘विश्व स्वास्थ्य संगठनबाट हामीले कोभ्याक्स प्राप्त गर्दासम्म ढिला हुन्छ भनेर सरकारकाले आफैं किनेर ल्याउँदैछ। सकेसम्म हाम्रा छिमेकी देशमा बनेको र परीक्षण सफल भएको खोपमा हामी जोड दिन्छौं।’

प्रधानमन्त्री ओलीले खोप ल्याएपछि सबैभन्दा पहिले फ्रन्टलाइनकाा डाक्टर, नर्स, सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई लगाइने बताए। त्यसपछि क्रमशः सबै नेपालीलाई खोप उपलब्ध गराउन सरकारले सबै तयारी गरिरहेको बताए।

प्रकाशित मिति: : 2021-01-01 17:16:00

प्रतिकृया दिनुहोस्