उत्कृष्ट पुरुष वर्ष खेलाडी मन्डेकाजी श्रेष्ठ

१३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठले उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्।

‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’अन्तर्गत श्रेष्ठ एथ्लेटिक्सका गोपीचन्द्र पार्की, फुटबलका विकेश कुथु, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै  उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड हात पारेका हुन्।

उनले सागमा नेपाललाई एकल र टीम कातामा गरी दुई स्वर्ण दिलाएका थिए।

उनले आठौं राष्ट्रिय खेलकुद, स्वर्ण पदक (एकल काता) र रजत (टिम काता) जित्दा सागअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा एकल काता र टिम कातामा स्वर्ण जितेका थिए ।

प्रकाशित मिति: : 2021-01-12 19:33:00

प्रतिकृया दिनुहोस्