बालबालिका ‘बुलिङ’को शिकार भइरहेका त छैनन् ?

अनलाइनखबर

काठमाडौँ

खासगरी विद्यालयमा पढ्न गएका बालबालिकामाथि शारीरिक मात्र होइन, मानसिक यातना पनि दिइरहेका हुन्छन् । यस्ता यातना न बाहिर देखिन्छन्, न बालबच्चाले खुलेर त्यसको विरोध गर्न सक्छन् । तर, त्यस्ता यातानाले उनीहरुलाई भित्रभित्रै सताइरहेको हुन्छ । यस्तो यातना शिक्षक, विद्यालयका कर्मचारी वा आफ्नै सहपाठीबाट समेत हुनसक्छ ।

नेसनल सेन्टर फर एजुकेसनल स्टाटिस्टिक्सका अनुसार १२ देखि १८ वर्ष उमेरका विद्यार्थीहरूमध्ये एक तिहाइलाई विद्यालयमा बुलिङ हुने गरेको छ ।

भौतिक बुलिङमा शारीरिक दुव्र्यवहार, सजाय दिने, धकेल्ने, पिट्ने, थुक्ने  झगडा गर्नेजस्ता कार्यहरू पर्छन् । त्यस्तै शारीरिक हानि गर्ने किसिमका धम्की दिने र जबरजस्ती केही कार्यहरू गर्न लगाउने पनि यसैमा पर्छन् ।

भावनात्मक बुलिङमा कसैलाई होच्याउने, कसैलाई नराम्रो नाम राखेर बोलाउने, नराम्रो प्रतिक्रिया दिने, जिस्क्याउने, गालीगलौज गर्ने आदि कुरा पर्छन् । यसमा पीडितलाई बहिष्कार गर्ने प्रयास पनि पर्छ । जस्तै ः एक्लै छोडिदिने वा वास्ता नगर्ने आदि ।

प्रकाशित मिति: : 2021-01-30 17:24:00

प्रतिकृया दिनुहोस्