बाँकेका पत्रकारलाई मंगलबार कोरोना विरुद्धको खोप लगाइदैँ

BBC

बाँकेका पत्रकारलाई मंगलबार कोरोना विरुद्धको खोप लगाइने भएको छ। 

बाँकेमा पहिलो चरणमा खोप अभियान सकिएसँगै दोस्रो चरणको खोप  फिल्डमा खटिएका क्रियाशिल पत्रकारहरुलाई लगाइने भएको हो।

जिल्ला खोप अनुगमन तथा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अध्यक्षतामा सोमबार बसेको सर्वपक्षीय बैठकले दोस्रो चरणमा पत्रकारहरुलाई खोप लगाउने निर्णय गरिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणमा काठमाडौँमा पत्रकारहरुलाई सोमबारबाट खोप लगाउन शुरु गरिसकेको अवस्थामा बाँकेमा कोभिड– १९ सम्बन्धी सूचना सम्प्रेरणको लागि अग्रपंक्तिमा  रहेर काम गरेका पत्रकारहरुलाई मंगलबार खोप लगाउने निर्णय भएको हो।

बाँकेमा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुको समन्वयमा पत्रकारहरुलाई मंगलबार बिहान भेरी अस्पतालमा खोप लगाउने निर्णय गरिएको छ। 

उनले काठमाडौँ पछि मोफसलमा सबै भन्दा पहिला बाँकेमा पत्रकारलाई खोप लगाउने निर्णय स्वागत योग्य रहेको बताए। 

मंगलबार एक दिनका लागि भेरी अस्पताल नेपालगन्जमा कोभिड बिरुद्धको खोप लगाउने भएकाले परिचत्रपत्र वा प्रेस कार्ड लिएर बिहान १० वजे अस्पताल आउन महासंघ बाँकेले आग्रह गरेको छ।

बाँकेमा पहिलो चरणमा करिब ४ हजार जना स्वास्थ्यकर्मीहरुले खोप लगाएका थिए। 

प्रकाशित मिति: : 2021-02-08 16:11:00

प्रतिकृया दिनुहोस्