म्यान्मार: प्रहरीको गोली लागेर थप एक युवाको मृत्यु, मर्नेको संख्या ५४ नाघ्यो

RFA Burmese
RFA Burmese

म्यान्मारमा सैन्य ‘कू’ विरूद्धको आन्दोलनमा थप एक युवाले ज्यान गुमाएका छन्। उनको निधनसँगै सुरक्षाकर्मीको गोलीबाट मर्नेको संख्या ५४ बढी पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ।

शुक्रबार माण्डलेमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर जाउ म्यौंको मृत्यु भएको ऐरावती पत्रिकाले जनाएको छ।

सडक प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र फलामे गोली प्रहार गरेको प्रदर्शनमा संलग्न व्यक्तिहरुले बताएका छन्। गोलीबाट सय बढी आन्दोलनकारी घाइते भएका छन्।

म्यान्मारमा करिब तीन सातादेखि आन्दोलन जारी छ। माण्डले शहरमा एक सातायता सैनिक सरकारको दमन बढ्न थालेको विभिन्न समाचार संस्थाले बताएका छन्। हाल आन्दोलन हिंसात्मक बनेको छ।

जुन्ता सरकारले देशभरि जनआन्दोलनलाई दबाउने काम जारी राखेपनि म्यान्माली जनता दिनहुँ सडकमै छन्। गत महिना प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलगायतलाई शासकले कब्जामा लिएपछि म्यान्मारमा सैन्य 'कू' विरूद्ध आन्दोलन जारी छ।

स्वतन्त्र नागरिक 'सैन्य तानाशाही' को भर्त्सना गर्दै सडक प्रदर्शनमा उत्रिएका छन्। प्रजातान्त्रिक तवरले चुनिएका नेताको रिहाइको माग गरेका जनतालाई सेनाले दिनदिनै गोली हानिरहेको छ।

म्यान्मारमा सैन्य 'कू' को विरोधमा अन्तर्राष्ट्रिय समुदायले सेनाको कदमप्रति निन्दा गरेका छन्।

आन्दोलनमा सयभन्दा बढी प्रहरी अधिकारीको समर्थन

म्यान्मार सैन्य 'कू' विरूद्धको आन्दोलनमा सयभन्दा बढी प्रहरी अधिकारीले समर्थन जनाएका छन्। सेना दमनको बिद्रोहमा उत्रिएका उनीहरू उच्च पदका प्रहरी अधिकृत हुन्।

नागरिक आन्दोलनमा सहभागी भएर ती अधिकारीले दिनहुँ समर्थन गर्ने गरेको प्रदर्शनकारीले बताएका छन्।

प्रजातन्त्रवादी नेतृत्वलाई नियन्त्रणमा लिएर सेनाले सत्ता कब्जा गरे पनि म्यान्मार महिना दिनदेखि हिंसात्मक आन्दोलनतर्फ अघि बढेको छ।

सडक प्रदर्शनमा उत्रिएका कम्तीमा ५५ बढी म्यान्माली नागरिकले सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका छन्। नेपिटो, रंगुन, माण्डलेलगायत शहरमा चरम सैन्य दमन भए पनि आन्दोलन जारी छ।

सरकारी कर्मचारीले सुरु गरेको राष्ट्रव्यापीसमर्थन अभियानमा प्रहरी अधिकारसमेत समावेश भएपछि आन्दोलनकारी उत्साहित भएका छन्।

सेना प्रशासनले शान्ति र प्रजातन्त्र चाहेको प्रहरी बललाई दुरुपयोग गरिरहेको उनीहरूको आरोप छ।

शान्तिपूर्ण विरोध गर्दै सडकमा उत्रिएका स्वतन्त्र जनतालाई सैन्य शासकले अन्धाधुन्ध गोली हान्न थाले सैन्य नियमको अवहेलना गरेको संयुक्त राष्ट्र संघले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-03-05 20:00:00

प्रतिकृया दिनुहोस्