बिएल संवाददाता
                                भारतमा अदालतले पछिल्लो समय कोरोना महामारी बढ्नुमा निर्वाचन आयोग मुख्य दोषी भएको बताएकाे छ। र, उसले २ मेमा हुने मतगणनाका लागि कोभिडको नियम बनाउन आदेश दिएको छ।
सोमबार मद्रास उच्च अदालतले कोरोनाको विषयमा निर्णय सुनाउँदै आरोप चुनाव आयोगलाई लगाएको हो। प्रधानन्यायाधीशले फैसला सुनाउने क्रममा कोरोनाको दोस्रो लहर बढ्नुमा चुनाव आयोग मुख्य जिम्मेवार भएको बताए।
मद्रास उच्च अदालतले तमिलनाडुको करुर विधानसभा सिटका लागि भएको निर्वाचनको मतगणनाको विरोधमा परेको मुद्धाको फैसला सुनाउने क्रममा यस्तो निर्णय दिएको हो। विधानसभा सिटमा ७७ उम्मेदवार मैदानमा थिए।
निर्णय सुनाउने क्रममा प्रधानन्यायाधीस संजीव बनर्जी त्यति खुसी देखिएनन्। उनले चुनाव आयोगसमक्ष प्रश्न गरे, ‘जतिबेला चुनावी सभा भइरहेको थियो, के तपाईहरू अर्को ग्रहमा हुनुहुन्थ्यो?’ उनले सभामा कोभिड प्रोटोकल तोडिएको आरोप लगाए। ‘सामाजिक दुरी बिना सभा भइरह्यो। आजको अवस्था आउनुमा तपाईहरु जिम्मेवार हुनुहुन्छ। चुनाव आयोगका पदाधिकारीविरूद्ध सम्भवत हत्याको मुद्धा हुनुपर्छ।’
यस विषयमा अघिल्लो फैसला ३० अप्रिलमा आउनेछ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया