सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

आज गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो।

कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको उनले बताए।

कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गरेका छन्।रासस

प्रकाशित मिति: : 2021-05-01 18:47:00

प्रतिकृया दिनुहोस्