सोमबार, २८ जुलाई २०२५

रिभेन्ज पोर्न: इन्डोनेशियामा पीडितहरू पनि किन जेल सजाय पाउने त्रासमा छन्

News Image
• • •

चौबीस वर्षीया सितीले पाँच वर्षदेखि आफ्ना अभिभावक तथा साथीहरूलाई थाहा नदिईकनै एक पुरुषसँग सम्बन्ध गाँसेकी थिइन्। तर उनी 'रिभेन्ज पोर्न' को सिकार भइन्।

उक्त सम्बन्धमा हिंसा हुन थालेपछि सिती (परिवर्तित नाम) ले गत वर्ष सम्बन्ध तोड्न खोजिन्। तर ती पुरुषले बदला लिन उनका गोप्य तस्बिरहरू सामाजिक सञ्जालमा राखिदिए।

त्यसरी सहमतिबेगर यौनक्रियासम्बन्धी तस्बिर वा भिडिओ राखिदिनुलाई 'रिभेन्ज पोर्न' भनिन्छ। यसलाई कैयौँ देशमा अपराध मानिन्छ र पीडितले प्रशासनको सहयोग लिन सक्छन्।

तर इन्डोनेशियामा सितीजस्ता पीडितहरू अधिकारीहरूसमक्ष जान हिच्किचाउँछन् किनभने त्यहाँको अश्लीलतासम्बन्धी कानुनले पीडित तथा अपराध गर्नेलाई छुट्ट्याउँदैन।

आइतबार, बैशाख १९, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!