अर्थमन्त्रालयमा बजेटको अन्तिम तयारी : कोरोना संकट र चुनावको दबाबका बीच कस्तो आउँदैछ बजेट ?

लोकान्तर

काठमाडाैं

आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक आयव्ययको विवरण (बजेट) निर्माण अन्तिम चरणमा पुगेको छ । 

हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत रहेर बजेट तयार गरिएको हो ।

हालैमात्र प्रतिनिधि सभा विघटन भएको छ, जसका कारण यस वर्षको जेठ १५ मा संसद् भवनबाट बजेट सार्वजनिक हुने छैन ।   

अर्थमन्त्रालयका सहसचिव एवं प्रवक्ता  महेश आचार्यले नयाँ बजेट अध्यादेशमार्फत आउने बताए । 

बजेट प्रस्तुत गर्नका लागि राष्ट्रपतिले अन्य विधेयकहरूलाई जस्तै अध्यादेश जारी गर्नेछिन् । तत्पश्चात अध्यादेशमार्फत बजेट सार्वजनिक गरिने छ । 

सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले नयाँ बजेट केही लोकप्रिय रहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । 

दोस्रोपटक अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले राजनीतिक माहोल अनुरूप नै केही कार्यक्रम लोकप्रिय बनाएको उनी निकट स्रोत बताउँछ । 

यद्यपि अहिलेको बजेट निकै दवावमा देखिन्छ । 

कहाँ–कहाँ छ दबाब ?

नयाँ बजेट कोरोना महामारीबाट थलिएको र विस्तारै चलायमान हुँदै गरेको अर्थतन्त्रलाई मध्यनजर गर्दै निर्माण शुरू गरिएको थियो । तर कोरोना महामारीको दोस्रो लहरले पुनः अर्थतन्त्र शिथिल बनाउँदा नयाँ बजेट निर्माणमा अर्थमन्त्रालय दबाबमा परेको छ ।

प्रकाशित मिति: : 2021-05-26 17:12:00

प्रतिकृया दिनुहोस्